https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


धनबिर महताे
गाैशाला : महोत्तरीकाे गौशाला नगरपालिकाको कार्यालयले शारिरीक रुपले अशक्त रहेकालाई सहयोगी सामग्री वितरण गरिएको छ । आईतबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच शारिरीक रुपले अपाङ्ग रहेका विभिन्न समुहलाई सहयोगी सामग्री प्रदान गरेका छन् । नगरस्तरीय बजेटमार्फत उनीहरुलाई सो सामग्री वितरण गरिएको नगर उप-प्रमुख रेणु महतोले बताईन् ।

ईसाईकल ८ थान, एमसीआर स्यान्डल ८ थान, ह्विलचेयर १६ थान, टवाईलेट चेयर ८ थान, स्पेशल कुर्सी २ थान, स्टयाडिगं फारम १ थान, एल स्टिक ६ थान र २ थान वैशाखी वितरण गरिएको नगरपालिकाका सुरक्षा शाखा अधिकृत अस्मिता कुमारी शर्माले जानकारी दिईन् ।

नगरपालिका भरिमा क, ख, ग र घ समुहका गरि १ हजार १ सय ५० को संख्यामा अपाङ्गहरु रहेका छन् । सहयोगी सामग्री पाएपछि दैनिकी क्रियाकलाप गर्नका सुलभ भएको भन्दै हर्षित भएका थिए ।

कार्यक्रमकाबीच नगरप्रमुख डा. दिपेन्द्र महतो, उपप्रमुख रेणु महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णवहादुर केसीले समाजिक सुरक्षा वितरणमा नगरको भु्मिकाको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट