Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121
Rajdhani Today
https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विराटनगर, बैशाख २४ गते ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो ।

दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । ट्रमा र सर्जिकल आइसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५ बेड पुर्याइएको नायब अस्पताल निर्देशक डा.मुक्ति आचार्यले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार थप बेड विस्तार गरिनेछ । जटिल अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको आइसीयू कक्ष छुट्याइएको छ । एनेस्थेसिया विभागको अगुवाइमा सञ्चालन हुने यो आइसीयूमा सबै सर्जरी विभागका विशेषज्ञ डाक्टरहरुको समन्वयमा विशेष उपचार सेवा प्रदान गर्ने गरिन्छ ।

नोबेल अस्पतालमा आयोजित औपचारिक कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले रिबन काटेर सेवा विस्तारको उद्घाटन गरिन् । सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक शर्माले बिरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यकता अनुसार अस्पतालको सेवा विस्तार गर्दै लगिने जानकारी दिइन् । सो अवसरमा प्राचार्य प्रा.डा.रामहरी घिमिरे, एनेस्थेसिया विभागका प्रमुख डा.बन्दना पौडेल लगायतले स्तरीय र भरपर्दो उपचारका कारण नोबेल अस्पतालले बिरामीको मन जित्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

ट्रमा र सर्जिकल आइसीयूसँगै नोबेल अस्पतालमा जेनेरल आइसीयू, न्यूरो आइसीयू, पेडियाट्रिक आइसीयू र नियोनेटल आइसीयू पनि छ । ७५० बेडको नोबेलमा ६७ भेन्टिलेटरसहित १५० आइसीयू बेड छन् । नेपालका विभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि नोबेलमा आउँने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट