गाैशाला : नेपाल प्रेस युनियन महोत्तरीको अध्यक्षमा सन्तोष सिंह सर्वसम्मत चयन भएका छन् ।
मंगलवार महोत्तरीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट युनियनको अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी नेपाल प्रेस युनियन केन्द्रीय प्रतिनिधि अजित तिवारीको उपस्थितिमा सर्वसम्मतिमा १५ सदस्यीय सो शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
शाखाका संयाेजक रवीन्द्र उप्रेतीले पेश गरेकाे सांगठनिक तथा आर्थिक प्रतिवेदन पनि पारित गरिएकाे छ ।
त्यसैगरी युनियनको जिल्ला उपाध्यक्षमा बैधनाथ चौधरी, उपाध्यक्ष(महिला)मा रिता सापकोटा, सचिवमा नबिन चौधरी, काेषाध्यक्षमा दिनेश्वर महतो, सह-सचिव यसोदा बस्नेत सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमश: धर्वेन्द्र यादव(यदुवंशी),शौरभ राज सिंह, नबिन कुमार नवल, ललन मण्डल, रंजित कापर, लक्ष्मी कुमार साह, मन्जित कुमार राम लगायतका चयन भएका छन् ।