https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जीतपुर, बैशाख २७ गते ।
समुदायमा आधारित रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले गार्मेन्टमा व्यवसाय गर्दै आईरहेका लघु उधम महिलाहरुको स्तरोउन्नति गर्नको लागि ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिम आज देखि सञ्चालनमा ल्याएको छ ।

२०७९ को योजना अन्तर्गत जीतपुरसिमरा ५ बकुलिया भवानीपुरमा ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिम बैशाख २७ गते देखि जेठ २९ गते सम्म आजै उद्घाटन भएको बकुलिया साझा सुबिधा केन्द्र (उधम घर)मा संचालन हुने छ ।गरिबी निवारणको लागि लघु उधम बिकाश कार्यक्रम अन्तर्गत भईरहेको लघु उधमिहरुको स्तरोउन्नति तर्फ प्राबिधिक बिकाश तालिम अन्तर्गत उक्त तालिमको संचालन गरिएको उधम बिकाश शाखा जीतपुरको कर्मचारी दीपनारायण चौधरीले बताउनु भएको छ ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदैं जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला अधिकारिले रोजगारीको अवसरबाट बिमुख भएका महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरिरहेको बताउनुभएको छ । उहाँले तालिम लिने मात्र नभई सीपलाई आयआर्जनको पाटोमा जोड्नका लागि उपमहानगरले आवश्यक सहजीकरण गर्ने बताउनुहुँदै ज्ञानलाई उत्पादनसँग जोडेर काम गर्न सुझाव दिनुभएको छ । तालिममा सहभागीलाई आवश्यक उपकरण र कच्चा पदार्थका लागि उपमहानगरले सकेको व्यवस्थापन मिलाउने उहाँले विश्वास दिलाउनुभएको छ ।

गरिबी निवारणको लागि लघु उधम बिकाश कार्यक्रम अन्तर्गत सुरु भएको ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिममा १० जना लघु उधम महिला सहभागी भएको छ । उक्त तालिममा नगर उपप्रमुख भोला अधिकारि,वडा न ५ को वडा अध्यक्ष दिपेन्द्र चौधरी,पूर्व वडा अध्यक्ष मोहित चौधरी,एचएनए गार्मेन्ट को संचालक फारम अन्सारी,प्रशिक्षक आरती गौरव लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।

बकुलिया साझा सुबिधा केन्द्र (उधम घर)को उपप्रमुख भोला अधिकारीले गरे उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ बकुलियामा बकुलिया साझा सुबिधा केन्द्र (उधम घर)को नगरउपप्रमुख भोला अधिकारीले उद्घाटन गर्नु भएको छ । बकुलिया लघु उधमी समूहको आयोजनामा उक्त साझा सुबिधा केन्द्र (उधम घर) निर्माण भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपेन्द्र चौधरीले साझा सुबिधा केन्द्र (उधम घर)ले अब बकुलियामा कुनै किसिमको तालिम संचालन गर्नमा सहयोग पुग्ने बताउनु भयो । उक्त उद्घाटन कार्यक्रममा वडा न ५ को वडा सदस्य पुनम देवी चौधरी,बिमला शर्मा,इन्दल हजरा लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार