https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 
गौशाला (महोत्तरी) : कुनै फिल्मको रोचक दृश्य झैं शुक्रवार १२ वटा टिफरमा एकै पटक गिटी बालुवा लोड गरेर अवैद्य रुपमा निकासी गरिरहेका थिए । अवैद्य रुपमा नगरपालिकाको कर छली गरि चोरबाटो हुँदै टिफर लगिरहेको सूचना गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोको कानमा पुग्यो ।

उपमेयर महतो एक विहानै गौशाला नगरपालिकामा सञ्चालित क्रसर उद्योगहरुमा पुगीन् । कुनै पनि क्रसर उद्योगमा प्राप्त सूचना अनुसार उपमेयर महतो पुग्दा एउटा ट्रिफर पनि भेटिएन् । उनी पुग्नु अगावै टिफर त्यहाँबाट घाम झुल्क्निुभन्दा पहिला नै निस्किसकेको रहेछ । उपमेयर महतोलाई प्राप्त सूचना अनुसार नगरपालिकाको निकासी रसिद नै नकाटी टिफर बालुवा गिटीको ओसार-पोसारमा गरिरहेको सूचना थियो । त्यही आधारमा उपमेयरले नगरप्रहरी सहितको टिम लिएर टिफर पछयाउन तीर लागिन् ।

टिफरको हुलले धुलो उडाउँदै गाउँ घर नै नबुझि अनियन्त्रित रुपमा गाडी नरोक्ने र उपमेयर चढेको नगरपालिकाको गाडीलाई साईड नदिने मनशायका साथ टिफर कुदाई रहे । फिल्ममा छायांकन गरिएको दृश्य जस्तै टिफर रोक्न पटक-पटकको प्रयास असफल भईरहे । गौशाला नगरपालिकाको १२ कान्तिबजार पछ्याउन सुरु गरेको उपमेयर महतोको टिमले पछयाउँदै भारतको सिमावर्ती क्षेत्र सम्सीमा गएर टिफर रोक्न सफल भए ।जय बालाजी ढुङ्गा, गिट्टी, बालुवा वासिङ्ग सेन्टर गौशाला १२ कान्तिबजारबाट गिटी बालुवा लोड गरी १२ वटा टिफर लगदै गरेकोको ४ वटा टिफरको नगरपालिकाको निकासी पुर्जी नै थिएन् । तत्काल ४ वटा टिफरलाई जिल्ला समन्वयन समिति महोत्तरी र जिल्ला प्रहरी कार्यालयको समन्वयनमा नियन्त्रणमा लिईयो । हाल टिफर प्रहरीको नियन्त्रणमा छ ।

उपमेयर महतोले गौशाला नगरपालिकाको निकासी खोज्दा काटिएको निकासी पुर्जी नभएको फेला पर्‍यो । उता उपमेयरले नगरप्रहरीको सहयोगमा नियन्त्रणमा लिएको टिफरको चालकसंग हुनुपर्ने निकासी रसिद पछिबाट काटेर ल्याईकोमा समेत एउटै गाडी नम्बरको दुई रसिद भेटिएको पाईएको जनाईन् ।

उपमेयर महतोले भनिन, ‘एउटा टिफरको निकासीमा नेपाल सरकारको २ हजार राजश्व उठछ, तर अहिले रसिदै नकाटि लगिरहेको सूचनाको आधारमा हामीले चेकजाँच गर्दा पक्राउ गर्‍यौ । थाहा नपाउँदा त कति दिन लगेहोला त्यो थाहा नै छैन् । यसरी राजश्व छली अवैद्य रुपमा लगिने बालुवा गिटीले सरकारलाई वार्षिक रुपमा करोडौं नोकसानी हुन्छ, त्यसैले अनुगमनमा कडाई गरेको हौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार