महाेत्तरी, बैशाख २९ गते ।
महोत्तरीको गौशालामा प्रथम मेयर कप कराँते इन्डाे-नेपाल प्रतियोगिता सुरु भएको छ । शुक्रबार गाैशाला नगरपालिकामा प्रथम मेयर कप इन्डो-नेपाल क्योकुशिन बुदो कराते सकाइ इन्टरनेशनल फुल कन्टयाक्ट प्रतियोगिता नगरपालिका ४ मा रहेका कबडहौलमा सुरु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले कार्यक्रमलाई सम्बाेधन गर्दै कुलतमा फसेका युवाहरुलाई बढी भन्दा बढी खेलमा सहभागी गराई कुलतबाट बचाउन गौाशाला नगरपालिकाले येस्तो प्रतियोगिताहरु गर्न पछि नपर्ने उहाँले बताउनुभयो । साथै यस्तो खेलहरुको आयोजना विगतका दिनहरुमा पनि आवश्यक रहेकोले कराते, फुटबल, भलिबल लगायत अन्य खेलहरुको लागी बजेट विनियोजन गरी यूवाहरुलाई खेलतिर आर्कषित गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रमुख महताेले जनाए ।
प्रतियोगितामा नेपालबाट दुई सय जना खेलाडी र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँहरुबाट एक सय जना गरी जम्मा ३०० जना खेलाडीहरु प्रतियोगितामा सहभागी रहेको क्योकुशिन बुदो कराते सकाइ इन्टरनेशनल फुल कन्टयाक्ट, मधेश प्रदेशका अध्यक्ष संजीप चौधरीले बताए ।
गौशाला नगरपालिकामा पहिलो पटक प्रथम मेयर कप इन्डो-नेपाल क्योकुशिन बुदो कराते सकाइ इन्टरनेशनल फुल कन्टयाक्ट प्रतियोगिता हुनु समाज र राष्ट्रको लागी नै राम्रो भएको र खेलले शाशरिरीक तथा मानसिकरुपले स्वस्थ बनाउनमा अहम भुमिका रहेको चौधरीले बताए । साथै खेल शनिबार बिहान ८ बजेदेखि पु:न सुरु हुने आयोजकले जानकारी दिए ।