
मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा म्याजिकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको म्याजिकलाई पछाडी बाट ओभरटेक गर्ने क्रममा को १ ज ३५०५ नम्बरको म्याजिकले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश नं. १ -०२-०५२ प ३५१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लेटाङ नगरपालिका ५ का अन्दाजि ३१ बर्षिय बिजय मगर गम्भिर घाईते भएका थिए ।
शरिरको बिभिन्न भागमा चोट लागेर अवस्था गम्भिर रहेको निजलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा अन्दाजि ८.५० बजे मृत्यु भएको छ । म्याजिक चालक सुन्दरहरैचा नगरपालिका ६ बस्ने बर्ष अन्दाजि २८ को गोपाल भुजेल र दुबै सवारी साधन प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।