https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सर्लाहीको बरहथवा नगरपालिका-५ चोरनिया पुलस्थित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोडैता नगरपालिका–३ का अजय सहनी र सोही वडाका ३२ वर्षीय ताजबाबु दर्जी रहेको प्रहरीले जानकारी दिए ।

 
शुक्रबार राति ८ बजेको समयमा सर्लाहीको मधुवनीबाट काठमाडौँको लागि छुटेको बा.प्र.०६-००१ ख ०००३ नम्बरको यात्रुवाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुर चुहडवाका संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट कोलिवेल काउज सिरप १ सय ८७ बोत्तल, नुफिन, फेनार्गन, डाइजोपाम ९२/९२ एम्पुल गरी २७६ एम्पुल, नाइट्राभेट ३०० र नितजा केयर-१० ९०० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

 
पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी मिश्रले जानकारी दिए  ।

प्रतिक्रिया

सम्बन्धित समाचार