https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो
रौतहट जिल्लाको माधव नारायाण नगरपालिका वडा नं. ४ मानपुर बिशुनपुर्वामा आगलगी पिडितलाई थप राहत प्रदान गरिएको छ ।

मधेसी एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग तथा मधेश प्रदेश सासंद एवंम नेपाली काग्रेसको मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादबको बिशेष पहलमा र माण्डवी नेपालको आयोजनामा आज एक कार्यक्रम बिच जम्मा १७ वटा पिडितलाई जनहि ११ हजारको दरले थप आर्थिक सहयोग गरिएको छ ।

आगलगीबाट प्रभावितहरुलाई आर्थिक सहयोग कार्यक्रममा स्थानीय प्रदेश सदस्य श्री यादबले सकेसम्मको सहयोग गर्ने प्रतिबध्ता दिदै सहयोग गरिएको रकमलाई सदुपयोग गर्ने सबै पिडितसंग आग्रह गर्नुभयो  ।

माण्डवी नेपाल रौतहटले सबै पिडितलाई घर बनाउनका लागि आफनै संस्थाबाट प्राबिधिक पहल गरि प्रति पिडितलाई ५ लाख ५० हजारको दरले सहयोग गरि घर बनाउनमा पिडितलाई तीन पटकमा भुक्तानी गर्ने संस्थाका अध्यक्ष अंन्जु झा बताइएकी छिन ।

सोही कार्यक्रम बिच नयाँ घर बनाउनको लागि प्रदेश सांसद यादवले शिलान्यास गर्नुभएको छ । साथै माधव नारायाण नगरपालिकाको नगर प्रमुख बैजनाथ प्रसाद यादबको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष श्री यादबले आफनो जनताको लागि २४ घण्टै तयार रहेको बताएका छन् ।

आगलगी भएको दिन प्राय जसो पिडितको न बस्ने घर न लगाउने लुगा न खाने अन बचेको हेर्दा नगर भरिका जनता नै मरमाहित भएका थिए । सोहि दिन बाहिरबाट आइ खाने बस्ने लुगा कपडा आवश्यक समाग्रीहरुको तत्कालै करीब ३० हजार मूल्य बराबरको व्यवस्था मिलाएको थियो ।

त्यसपछि म र हाम्रो नेता प्रदेश सांसद कृष्णा यादब संग आग्रह गरि यी घरहरु निर्माणमा अगाडी बढेका हुन । यसमा माण्डवी नेपालका अध्यक्ष अन्जु झालाई बिशेष धन्यवाद दिदै स्थानीय जनतालाई आगोबाट संचेत रहन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार