गाैशाला, जेष्ठ १ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका अन्तर्गत रहेको मरहा खाेलामा मापदण्ड विपरीत खाेला उत्खनन गरे कसैलाई नछाेडने : नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिए ।
साेमबार मरहा खाेलामा पलट नम्बर १, २, ३ र ४ लाई नगर प्रमुख डा. दिपेन्द्र महताेको राेहबर नगरपालिकाका प्राविधिक टाेली र ठेकेदार कम्पनीको प्रतिनिधिहरुकाे उपस्थितिमा सिमांकन गरेका छन् । सिमांकन बाहेक कसैले नियमविपरीत उत्खनन गरेको पाएमा कसैलाई नछाेडने प्रमुख डा. महताेले बताए ।
उक्त टाेलीमा वडा नम्बर ११ काे अध्यक्ष तथा नगर प्रवक्ता रामपृत महताे, वडा नम्बर १० का अध्यक्ष मुकेश महताे, शस्त्र प्रहरी वेश क्याम्प रामनगरका प्रहरी निरिक्षक शंकर थापा, ईलाका प्रहरी कार्यालय गाैशालाका सहायक निरिक्षक राम पुकार महताे लगायत पत्रकारहरुकाे उपस्थिति रहेको थियोे ।