
गाैशाला, जेष्ठ ८ गते ।
महाेत्तरीकाेगौशाला नगरपालिको सामुदायिक विद्यालयमा कार्यरत रहेका ९९ जना शिक्षकलाई काज सरुवा गरिएको छ । जसको कारण नगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र पालिकाबिच क्रमिक रुपमा दुरीपन बढदैछ । नगरले शैक्षिक गुणस्तर सुधारको लागि भन्दै काज सरुवा गर्दै आएको बताएको छ भने शिक्षकहरुले अवैधानिक तवरले गरिएको सरुवा मान्य नहुने अडान लिएका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा रेडियो रुपान्तरणका पत्रकार धनवीर महतोले गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोसँग गरिएको कुराकानीको सम्पादित अंश……
गौशाला नगरपालिकाको कार्यालयले हालै गरिएको सरुवालाई लिएर कतिपय शिक्षकहरुले अमान्यको संज्ञा दिएको छ । ती शिक्षकहरुलाई के भन्न चाहनुहुन्छ ?
– सर्वप्रथम ती तमाम शिक्षकहरुलाई नगरको यस कार्यलाई सहयोग गरिदिनका लागि आग्रह गर्दछु । यो कुनै हतारमा गरिएको निणर्य होईन् नगरले ९ महिनाको अथक मेहनेत गरि शैक्षिक सुधारका लागि ल्याएको अभियानमध्ये पहिलो खुडकिलो हो । नगरपालिकाले हरेक तवरले कानुनलाई टेकेर नै शिक्षकहरुलाई काज सरुवा गरेको हो । यसमा विवाद गर्नुपर्ने कुनै आवश्यक छैन् । नगरपालिकाले प्रचलित ऐन र नियमावलीमा आधारित भई शिक्षक सरुवा गरिएको हो । नगरपालिकाले नेपालको संविधान २०७२ को अनुसुची ८ को (ड) तथा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ (ज) मा भएको ऐनलाई टेकेर नै शिक्षकको काज सरुवा गरिएको हो । त्यस्तै यसलाई नियमन गर्नका लागि नगरपालिकाको सामुदायिक विद्यालय संचालन ऐन २०८० मा आधारितमा रहि नियमन गरिएको हो । यस सरुवा प्रकरणमा नअल्झिएर कायम गरिएको विद्यालयमा गई कार्यसम्पादन गर्नुपर्ने समयमा केही शिक्षकहरुले अनावश्यक रुपमा विवाद सुजना गरिएको हो ।
यसरी शिक्षक सरुवा गर्दा यहाँका सामुदायिक विद्यालयको दरवन्दीमा सुधार आउछन् त ?
– निश्चित रुपमा यसले पहिलेको भन्दा केहीमात्रामा भएपनि शैक्षिक सुधारको लागि महत्वपुणर् भुमिका निर्वाह गरिनेछ । म विश्वस्त छु , यसले आंशिक रुपमा केहीमात्रा भएपनि पछिल्लो समयको तुलनामा सुधार आउनेछ । नगरभरिमा सामुदायिक विद्यालयको रेकर्ड हेर्ने हो भने अझ पनि शिक्षकको कमी रहेको छ । नगरपालिकाले शैक्षिक सुधारका लागि नगरशिक्षक भर्ना गरिएको छ । जसको लागि वार्षिक रुपमा १ करोड ७५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । शिक्षा शाखाको तथ्यांक अनुसार नगरभरिका सामुदायिक विद्यालयमा १५ हजार विद्यार्थीहरु अध्ययनरत छन् । जहाँ १६५ जना स्थायी शिक्षक र ४६ जना नगर शिक्षकहरु कार्यरत छन् । त्यस्तै राहत शिक्षक र विशेष अनुदानको शिक्षकहरु पठाउँदै आएको छ । यति गर्दा समेत अझ यहाँका विद्यालयहरुमा मावितर्फ ३८ र निमावितर्फ ४८ वटा शिक्षकको कमी रहेको छ । यसलाई पुर्ति गर्नका लागि अगामी दिनमा नगर शिक्षक भर्ना गरि आवश्यक जनशक्ति उपलब्ध गराउनका लागि नगरपालिकाले तयारी गरेका छन् । जुन अगामी केही दिनमै यसप्रति ठोसरुपमा पहलकदमी हुनेछ ।
सरुवा प्रक्रियालाई पुणर्ता दिन नगरले के कस्ता कसरत गरेका छन् ?
– नगरपालिकाको कार्यालयले ९ महिनाको बडो मेहनेत गरेर यस कार्यलाई पुणर्ता दिईएको छ । यस अन्तरालमा विद्यालयको स्थलगत अनुगमन, शैक्षिक अस्वथा, सरोकारवालापक्षसँग संवाद, छलफल, विचार विमर्श गरि तोकिएको मापदण्ड अनुसार यस प्रक्रियालाई अगाडि बढाएको छु । विभिन्न समयमा अनुगमन गर्दा यहाँका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तरको रुपमा दरवन्दी मिलान आवश्यक रहेको पाईयो । जसलाई समयमै पुर्ति गर्नुपर्ने ती अनुगमन टिमको तथ्यांक र मुल्यांकनले आवश्यक दर्शाएको थियो । त्यसलाई मनन गर्दै नगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग विभिन्न समयमा छलफल, विमर्श, विचार अनि सुक्ष्मरुपमा अनुसन्धान गरि कार्यसम्पादन गरेका हुन् । यहाँलाई बताईदिउ कि ९ महिनाभित्रमा संविधानविद, कानुनका ज्ञाता, शिक्षाका जानकार अनि विभिन्न अधिवक्तासँग कानुनी परामर्श गरि यसलाई टुङ्गो लगाईएको हो ।
शैक्षिक अवस्थाको सम्बन्धमा ती अनुगमनले के कस्ता रेकर्ड देखाएका छन् ?
– वडो अच्चमको रेकर्ड देखाएछ । सामुदायिक विद्यालयको शैक्षिक अवस्था हेर्दा मलाई दुख लागेर आउछ । पालिकाले १ करोड ७५ लाख रुपैयाँ खर्चिएर नगरशिक्षक भर्ना गरेपनि परिमाण भने सन्तोषजनक देखिएको छैन् । विद्यालयमा कक्षा १० मा पढ्ने छात्राछात्रलाई शुद्ध भएर नेपाली शब्द पढन आउँदैन् । अझ भर्खर सार्वजानिक भएको नगरस्तरीय कक्षा ५ को रिजल्टले त नगरको शिक्षा अस्तव्यस्त रहेको पुष्टि भएको छ । ग्रासरुट नै विग्रिएको रहेछ । उपल्लो कक्षाको त कुरै छाडौ । शैक्षिक गुणस्तर विग्रिएपछि नगरले पहिलो चरणमा शिक्षकहरुको काज सरुवा गरिएको हो ।
अन्त्यमा पालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यहाँको पालिकाले अगामी दिनमा कस्तो भुमिकामा रहनेछ ?
– सरुवा भएको शिक्षकको पदस्थापना भएपछि यहाँका सामुदायिक विद्यालयको शैक्षिक क्रियाकलापमा निश्चित रुपमा सुधार आउछ । बर्षौदेखि जकडिएर बसेका शिक्षकहरुलाई काज सरुवा गरिएपछि नयाँ ठाँउमा गएर उनीमा मनोवल बढनुको साथै जाँगर आउनेछ । अर्को चरणको सरुवा गर्ने हामीले तयारी गर्दछौ । अव यहाँको पालिकामा शैक्षिकस्तरमा कुनै पनि हालमा राजनितीकरण हामीलाई स्वीकार्य हुनेछैन् । अगामी दिनमा अपुग रहेको ठाँउमा नगर शिक्षकलाई भर्ना गरि पठनपाठनलाई चुस्त दुरुस्त बनाउनेछु । शैक्षिक गुणस्तरको सवालमा नगरले कदपी कसैसँग कुनै किसिमको सम्झौता गर्दैन् ।