लक्ष्मण यादव
सर्लाही, जेष्ठ ९ गते ।
सर्लाहीको बसबरीया गाउँपालिकामा जिपले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् भने जिपसहित चालक फरार भएका छन् ।
सर्लाहीको बसबरीया गाउँपालिका-३ कोठीयार टोलस्थित रहेको गिट्टी क्रसरनजिक मंगलबार साझ ६ बजेको समयमा भारतीय सि.एच. 01 बि.यु. ०४३८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको जिपले ठक्कर दिदा मोटरसाइकल चालक सर्लाही मिर्जापुरका ४३ वर्षीय रामबाबु महतो घाइते भएका छन् । घाइते महतोलाई उपचारका लागि संजिवनी अस्पताल बरहथवा पठाइएको बंगलवा प्रहरी चौकीका इन्चार्ज सुजित पासवानले जानकारी दिए ।
ठक्कर दिएर भागेको जिप भरतीय नम्बर प्लेट बि.यार. 06 सी.एन. 7102 को रहेको प्रमाण प्रत्यक्षदर्शीले जिपको नम्बर प्लेट देखिने गरि फोटो खिचेर राखेको प्रहरी चौकी बंगलवाका इन्चार्ज पासवानले बताए । मोटरसाइकल भने प्रहरी चौकी बंगलवामा राखिएको उनले बताए ।