पवन प्रसाद शाह
बिरगंज, जेष्ठ ९ गते ।
नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्यबाट बसरुद्दिन अन्सारी दोस्रो पटक ३ महिनाको लागि निलम्बनमा परेका छन् ।
२०८० साल जेठ २ गते नेकपा (एमाले) मधेश प्रदेश कमिटीको सचिवालय बैठक अध्यक्ष राम औतार यादवको अध्यक्षतामा ताथा प्रदेश इन्चार्जको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सहइन्चार्जहरुको उपस्थितिमा बैठकबाट निर्णय गर्दै कार्यवाही सम्बन्धमा प्रदेश कमिटीको फाल्गुन ४ गतेको निर्णय अनुसार प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको भूमिकालाई लिएर कार्यवाहीमा परी ३ महिना निलम्बनमा परेका सबै कमरेडहरूलाई निलम्बन फुकुवा गरिएको छ ।
यता पर्सा जिल्लाका निलम्बित बसरुद्दिन अन्सारीलाई भने अरु ३ महिना निलम्बन थप गरिएको निर्देशन पत्रमा नेकपा एमालेका मधेश प्रदेश कमिटीका अध्यक्ष राम औतार यादवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।