गौशाला, जेष्ठ ९ गते ।
महोत्तरीको साेनमा गाउँपालिकामा अतिक्रमण गरि सार्वजनिक जगामा बनाइएकाे घर टहराहरु भत्काउने काम शुरु गरिएकाे छ ।गाउँपालिकाकाे वडा नम्बर ३ रघुनाथपुर बजारमा वर्षाैदेखी श्री रामानाथ सर्वेश्वर रामजान्कि मन्दिरकाे नाउँमा रहेकाे जगामा बनाइएकाे घर टहराहरु भत्काएका छन ।
उक्त मन्दिरकाे नाउँमा रहेकाे ३ बिघा ६ धुर जगामा घर टहराहरु बनाइएका थिए । वर्षाैदेखि माैखिक रुपले मन्दिरकाे महन्थ श्री राज कुमार दासले अतिक्रमण गरि बनाइएका घर टहराहरु खालि गर्न भन्नेपनि कसैले खालि गर्न मानिरहेका थिएन्न । स्थानिय तहकाे दाेस्राे चुनाब भएपछी उक्त मन्दिरकाे महन्थ राज कुमार दास मन्दिरकाे जगामा बनाइएकाे घर टहराहरु खालि गराइदिन गाउँपालिकामा निवेदन दिएपछी गाउँपालिकाले माघ मसान्तमा ३० दिने सुचना सार्वजनिक गरि खालि गर्न र गराइदिन सुचना जारी गरेका थिए ।
दाेस्राे सुचना गाउँपालिकाले पुनः १५ दिनमा खालि गर्न सुचना काटेका थिए तर उनिहरु गाउँपालिकाले सार्वजनिक गरेकाे दाेस्राे सुचनाअनुसार खालि नगरेपछी गाउँपालिकाले अन्तिम ७ दिने सुचना सार्वजनिक गरि गाउँपालिकाकाे स्काइभेटर प्रयाेगगरी अतिक्रमित गरि बनाइएका घर टहराहरु खालि गराइएकाे छ । गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवकाे उपस्थितिमा जिल्ला प्रशासन कार्यलय प्रमुख, जिल्ला प्रहरी कार्यालय, शस्त्र प्रहरी, मन्दिरकाे महन्थ राजकुमार दास वडा नम्बर ३ का वडा अध्यक्ष प्रमाेद सहनी लगायत स्थानियहरुकाे उपस्थितिमा घर टहराहरु भत्काइएका महन्थ दासले बताएका छन ।
गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले स्थानिय चुनाबमा घाेषना पत्रमै उलेख गरेकाथिए सार्वजनिक अतिक्रमण गरिएकाे जगाहरु खालि गराउने हाे त्यही घाेषणा पत्रअनुसार अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन शुरुगरेकाे गापा अध्यक्ष यादवले बताएका छन ।गाउँपालिकालाइ सुन्दर र किकसीत कनाउन वडा नम्बर १ देखि वडा नम्बर ८ सम्म सार्वजनिक जगा अतिक्रमण गरि बनाइका घर टहराहरु हटाउन सुरुगरेकाे बताएका छन । केही जनप्रतिनिधीहरुकाे असहयाेगका कारण विकासका काम गर्न असहज भइरहेका थिए तर जनताहरुकाे साथ र सहयाेगले कसैले विकासकाे काम राेकन सकिँदैन र विकासकाे काम द्रुत गतिमा अगाडि बडिने अध्यक्ष यादवले बताए ।