https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नागेन्द्र साह
महाेत्तरी, ११ गते ।
विद्यालय परिसरबाट कुनै शिक्षकहरुलाई हात समातेर बाहिर ननिकालेकाे श्री नेपाल राष्ट्रिय आधारभुत कालिपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र महतोले बताए ।

बिहीबार गौशाला नगरपालिका वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र महतोले विद्यालय परिसरबाट कुनै शिक्षकहरुलाई हात समातेर बाहिर ननिकालेकाे र नेपाल शिक्षक महासंघ महोत्तरी शाखाले बिना प्रमाणकाे आधारको प्रेस विज्ञप्ति जारी गरेर भ्रम फैलाउने कार्य गरेको धारणा राखेका छन् । अध्यक्ष महतोले शिक्षकहरु हकहितको लागि अधिकार खोज्ने शिक्षक नेतालाई विद्यालयमा आएर सत्यतथ्य बुझेर अगाडि बढनका लागि आग्रह गरेका छन् ।

उक्त विद्यालयकी प्रधानध्यापक सुनिता देवी महतोले सरुवा भएको विद्यालयमा जानका लागि कुनै अप्ठयारो नभएको बताईन । पेशागत संघ, संगठनको आग्रह अनुसार आफु अहिलेसम्म सरुवा भएको स्थानमा हाजिरी हुन नसकेको उनले धारणा राखेकी हुन् । आफुहरुलाई कसैले पनि हातपात नगरेको र समातेर बाहिर नकिलिएको प्र.अ. सुनिता देवी महतोले स्वीकार गरेकी छिन् ।

शिक्षकहरुलाई अन्यौलमा राखी भ्रामकपूर्ण विज्ञप्ति निकाली व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीलाई बदनाम गर्ने नियतले प्रेस विज्ञपती निकालेको भनेर अभिभावकहरु विरोधमा उत्रन हरदम तयार रहेको अध्यक्ष महताेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार