पवन प्रसाद शाह
बिरगंज, जेष्ठ १८ गते ।
वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले प्राउड कप वडा लेवल टि-२० knock out क्रिकेट टुर्नामेन्ट उद्घाटन गरेका छन् ।
प्राउड कप वार्ड लेवल टि-२० क्रिकेट टुर्नामेन्ट उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भने प्रतियोगिता सफलताको कामना गर्दै खेलमा अनुशासन र सिकाइ उपलब्धी मुख्य हुने बताए ।विभिन्न खेल र खेलाडीहरुका माध्यमबाट वडा, गाउँ, नगर हुँदै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान हुने चर्चा गर्दै उप-प्रमुख आलमले मर्यादित तरिकाले खेल खेल्न आग्रह गरेका थिए ।
खेलाडीहरुको साथमा महानगरपालिका रहेको साथै खेलाडीहरुका लागि एउटा कार्यविधि समेत निर्माण गर्ने तयारीमा महानगरापालिका रहेको उनको भनाइ थिए । स्वास्थ्यका लागि भएपनि खेल खेल्नु अपरिहार्य रहेकोमा जोड दिदै उनले थप क्षमता विकास गर्न खेलाडीहरुलाई आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै महानगर उप-प्रमुख आलमले भने पछिल्लो समय युवाहरु लागु औषध दुर्व्यसनीतर्फ गइरहेको बताउँदै यस तर्फ नजान र गएकालाई समयमै सचेत गराउन युवाहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । समाज रुपान्तरणका सम्बाहकका रुपमा युवाहरु रेहेकोले समाज सुधारका अभियन्ता समेत युवा भएको उनको भनाई थियो ।
आज पहिलो खेल Murli -12(Chance) र Mercy’s Cricket Club Murli-12 बिच खेल रहेको छ ।
प्राउड कप वार्ड लेवल टि-२० knock out क्रिकेट टुर्नामेन्ट कार्यक्रम समिर मंसुरी/सायद मंसुरीको सभापतित्वमा तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि डा.दिपक शाक्य, विशिष्ट अतिथि जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, अतिथि N.P.महानगर अध्यक्ष जियालाल साह को रहेको थियो भने स्वागत मन्तव्य समीर मन्सुरीले गरेका थिए ।