https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनवीर महतो

गाैशाला : अनिष कन्स्ट्रक्सनलाई गौशालास्थित मरहा खोलामा नियमअनुसार नदीजन्य पदार्थ उत्खन्नमा अवरोध नगर्नका लागि उच्च अदालत जनकपुरधामले आदेश दिएको छ । उच्च अदालत जनकपुरधामले अनिष कन्स्ट्रक्सन गौशालालाई मरहा खोलाको क्षेत्र नं. ३ र ४ बाट सम्झौता अनुरुपको नदीजन्य पदार्थ उत्खन्न गर्नका दिनका लागि अनुमति दिईएको छ । विहीबार उच्च अदालत जनकपुरधाममा भएको सुनवाईको क्रममा न्यायाधिश रामेश्वर रेग्मीले सो फैसला सुनाएको हो ।


अदालतले सुनाएको फैसलामा नदीजन्य पदार्थ तत्काल उत्खन्न नगर्दा अनिष कन्स्ट्रक्सनलाई प्रत्यक्ष रुपमा आर्थिक हानी हुने भएकोले नियमअनुसारको कार्य गर्न दिनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरको नाममा आदेश दिएको हो ।


गत वैशाख २९ गतेका दिन अनुगमनका लागि मरहा नदीमा पुगेको जिल्ला सम्वन्वय समिति महोत्तरीको अनुगमन टोलीले नियमसंगत नभएको भन्दै अनिष कन्स्ट्रक्सनलाई कामकाजमा रोक लगाएको थियो । तत्पश्चात संचालक मिथलेश यादवले न्यायकोे लागि उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको थियो ।


गौशाला नगरपालिकाको कार्यालयले अनिष कन्स्ट्रक्सन गौशाला ४५ हजार घनमिटरका दरले जेष्ठ मसान्तसम्मको लागि नदीजन्य पदार्थ उत्खन्नको ठेक्का दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार