
धनुषा, जेष्ट १८ गते ।
धनुषाको जनकपुर उपमहानगरपालिका स्तरीय कैलाश कुमार राउतको नेतृत्वमा आप्रवासी हकहित संजालको गठन भएको छ । बिहिबार जनकपुर उपमहानगरपालिका स्तरीय कैलाश कुमार राउतको नेतृत्वमा आप्रवासी हकहित संजालको गठन भएको हो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाका अध्यक्ष दुखरण यादवको अध्यक्षता, प्रदेश हकहित संजालका सदस्य श्री मो. मस्लेहुदिनको प्रमुख अतिथि, सामी कार्यक्रम संयोजक सौरभ कर्ण तथा धनुषाको कोषाध्क्ष मन्जु ठाकुर, संजालका जिल्ला सदस्य श्री तपेश्वर राउत को उपस्थितिमा धनुषाको सभा हलमा कैलाश राउतको नेतृत्वमा ९ सदस्यीय ज.उ.म. नगरपालिका स्तरीय आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको पुनः गठन गरिएका छन् ।