
गाैशाला, जेष्ठ १९ गते ।
महाेत्तरी लगायत मधेस प्रदेशमा अत्यधिक गर्मी बढेपछि गौशाला नगरपालिकाले एकसाताका लागि विधालयमा बिदा दिएको छ ।
अत्यधिक गर्मी बढेका कारण पठनपाठनमा समस्या भएपछि नगरपालिकाले आईतवार जेष्ठ २१ गते देखि २६ गते शुक्रवारसम्मका लागि नगरपालिका भित्रका सबै विधालयमा विदा दिएका छन् ।
गौशाला नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत वीर बहादुर बलम्पाकीले आज एक सुचना जारि गर्दै जेष्ठ २१ देखि २६ गतेसम्मका लागि विधालयहरूमा विदा दिएको जानकारी दिएका छन् । विदा वर्षे विदाबाट कट्टा हुने गरि विदा दिईएको अधिकृत बलम्पाकीले जनाए ।
