https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पर्साकाे बिरगंज १ बजार छपकैया बस्ने विवेक गुप्ता (कलवार)को गएराति बिरगंजमा अन्तिम विदाई गरिएको दृश्य । बिरगंजस्थित बिपिसिबाट कक्षा १२ को परीक्षा दिएर भारतको उत्तराखण्डमा धार्मिक यात्रामा गएका १८ वर्षिय विवेकसहित बजार छपकैयाका अन्य ८ जना सवार भारतीय बोलेरो गत मंगलवार राति सवारी दुर्घटनामा परेको थियो । शव एम्बुलेन्सबाट बिरगंज ल्याई बजार  छपकैयामा अन्त्यष्टि गरिएको हो ।

केदारनाथको दर्शन गरि ऋषिकेश जानेक्रममा बद्रीनाथ हाइवेमा ऋषिकेशभन्दा २२ किमि पहिले भारतीय ट्रक र बोलेरो एकआपसमा ठोकिदाँ सो दुर्घटना भयो । वर्षाको कारण बाटो चिप्लो बन्दा दुबै सवारी अनियन्त्रित भई एक आपसमा ठोकिएको उत्तराखण्ड पुलिसको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक विवेक बजार छपकैयाका  पूर्व वडा सदस्य एंव काँग्रेस नेता ओमप्रकाश गुप्ता(ओमी) का एकल सन्तान हुन् । घटनामा परि थप एक जना गम्भीर ,एक जना मध्यम अवस्थामा उपचाररत छन भने बाँकी ६ जना समान्य उपचारपछि डिस्चार्ज भएका छन् । भिडियो एंव थप समाचार चाडैं आउँदै ।
तस्बिर:राधेश्याम पटेल

प्रतिक्रिया

सम्बन्धित समाचार