महेश सिंह
सिरहा लहान, जेष्ठ २१ गते ।
सिरहाको लहान नगर पालिका लगायत मधेस प्रदेशमा डकैती र हत्या हिंसाको घटना दिनानुदिन बढदै गएको छ् । पछिल्लो समय डकैती र हत्या, बलतकृतको घटनालाई लिएर समग्र सिरहा र लहान बदनाम हुँदै आएका छन् ।
लहान नगर नगरपालिका वडा नम्बर ९ खुट्टी खोला पारी जेष्ठ ५ गते राती स्थानीय राजेश्वर महतोको घरमा अपरिचित बन्दुक धारी डकैतहरुले बन्दुक देखाए कुटपिट र सुन, चाँन्दीको गर घहना र नगद समेत लूटपाट गरेका छन् । जेष्ठ ५ गते आइतबार बटसावित्री पर्वका दिन महिलाहरुलाई निहत्था गरी सुन चान्दी समेत लूटपाट गरी मर्नासन गरी समेत कुटपिट गरेका छन् ।
डकैतीमा सिरहा लहान प्रहरीको समेत मिलोमतोमा डकैती भएको पीडित परिवारले आरोप लगाएका छन् । ५ गते राती करिब १ बजे राती भएको घटनामा घटना स्थलबाटै प्रहरी जानकारी गराए पनि लहान प्रहरीले समयमा नआई दिएको र आलटाल गरी डकैती सम्पन्न भएको पछी प्रहरी आएको पीडित परिवारको आरोप रहेका छन् ।
घटना भएको करिब १५ दिन बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको र प्रहरीको अनुसन्धान फितलो देखिएका छन्।घरबेटी राजेश्वर महतोलाई डकैतहरुले मर्नासन गरी कुटपिट गरेका छन ।
घटनामा सम्पुर्ण परिवारका सदस्यलाई कुटपिट गरेका छन् भने नगर ४५” हजार नगद सहित सुन चाँन्दीको गरगहना लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको धनमाल लूटपाट गरेका परिवारजन देखेशो सुनाएका छन् । नाउँ खुलाउनमा न आएको र अपराधीहरुलाई लहान राजनीतिदलका ब्यक्तीहरुले नै संरक्षण दिने गरेको खुलनमा आएका छन् ।