https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ २२ गते ।
महोत्तरीको गौशाला नगरपालिका १२ स्थित कान्ति बजारमा रहेको जयमहाकाली खाद्य उद्योगमा गएराति आगलागि हुँदा लाखौंको क्षति भएको छ ।

राति अचानक भएको आगलागिबाट उद्योगको गोदाममा रहेका ठुलो परिणाममा चिउरा, मुरी, चालमलगायतका खाद्यन्न जलेर खरानी भएको हाे ।

राति अन्दाजी साँढे १२ बजेको समयमा उद्योगमा अचानक आगलागि भएको थियो । आगलागिबाट ३६ लाख बढीको चामल, चिउरा, मुरी जलेर नष्ट भएको उद्योगका सञ्चालक शिव कुमार महतोले बताए ।

उनका अनुसार गोदाममा रहेको २० केजी दरका ६ सय बोरा चिउरा, १० केजी दरका ७ सय बोरा मुरी र ५० केजी दरका ८ सय बोरा चालम जल्दा ३६ लाख ७ हजार रुपैयाँ बराबरको खाद्यन्न जलेको छ ।

आगलागि राती नै गौशाला नगरपालिकाको दमकल र स्थानीयहरुकाे सहयोगमा आगाे नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार