
गाैशाला : विश्व वातावरण दिवसको अबसरमा आज मटिहानी को तस्मैया बाबा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भारत महिला मैत्री समाजको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एवं सांसद चन्दा चौधरी, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, सशस्त्र प्रहरी परिवार महिला सङ्घका केन्द्रीय अध्यक्ष अनिता लामीछाने अर्याल, सार्क देशका महासचिवको धर्मपत्नी कृशान्ति विराकुन, महोत्तरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपाने, सशस्त्र प्रहरी नायब महानिरीक्षक बाहिनिपति (DIG) दिपेन्द्र साह, नेपाली सेना रणभीम गणका गणपति उत्तम कटवाल, नेपाल प्रहरी उपरीक्षक प्रकाश मल्ल, सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनाल, नेपाल भारत महिला मैत्री समाजको उपाध्यक्ष राधा कायस्त, रा.अ. प्रमुख दिलीप सिंह लगायत स्थानीय बासिन्दा, छात्र-छात्राहरु सहभागी रहेका थिए ।
कार्यक्रममा विभिन्न जातका १०८ बिरुवा रोपिएका थिए । उहाँहरु मटिहानी आइपुग्नु हुँदा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले स्वागत एवं सम्मान गरेका थिए । यसै बीच उहाँहरु लक्ष्मी नारायण मठमा पूजा-अर्चना गर्नुका साथै लक्ष्मीसागरमा आरती समेत गर्नु भयो ।














