https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरीकाे गाैशाला नगरपालिका १२ मा डिप बाेर्डिङ जडानकाे लागि नगर प्रमुख डा. दिपेन्द्र महताेद्वारा शिलान्यास गरिएको छ । मंगलबार गाैशाला नगरपालिका वडा नम्बर १२ स्थित ११ नम्बर माथि टाेलमा गाैशाला खानेपानी तथा सरसफाइ आयोजनामा डिप बाेर्डिङ जडानकाे लागि नगर प्रमुख महताेद्वारा शिलान्यास गरिएको हाे ।

उक्त आयोजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट आ.व.२०७९/०८० काे बजेट वियाेजन भई ७ करोड ७९ लाख ३३ हजार ४ सय पन्चानब्बे रुपैयाँ उनान्नब्बे पैसामा ग्लोबल कन्ट्रक्सन तथा वाटर टिटमेनट प्रा.लि. ले ठेक्का लिएर काम सुचारू गरेका छन् ।

साे आयोजनामा दुईवटा डिप बाेर्डिङ जडान, ४५० घनमिटरकाे ओभर टयांक, अफिस बिलडिङ, अपरेटर क्वाटर, पम्प हाउस, मेकानिकल तथा ईलेकट्रिक फिक्स हाउस लगायत ८ किलोमिटर बराबर पाइप लाइन समेत गर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका सव-इन्जिनियर : अरुण कुमार यादवले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख : डा. दिपेन्द्र महताे, वडा अध्यक्ष : कुशेश्वर सिंह, पुर्व वडा अध्यक्ष : कृष्ण बहादुर विश्वकर्मा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका सव-इन्जिनियर : अरुण कुमार यादव, राजनीतिकर्मी, समाजसेवी लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियोे । आयोजनाकाे लागि स्थानीय रबि महताेले नि:शुल्क चार कठा जग्गा दान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार