सर्लाही, जेष्ठ २३ गते ।
सर्लाहीको बरसबरीया गाउँपालिका-४ गोनर्वाबाट अबैध चिनी लोड गरिएको जिपसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रको कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट भन्सार छल्ली गरी BR 06 PA 7871भारतीय नम्बरको जिपमा लोड गरेर ल्याउदै गरेको २१ बोरा अबैध चिनीसहित सर्लाहीको कविलासी नगरपालिका-७ का ४४ वर्षीय राम सुदिल राय र २६ वर्षीय सुनिल यादवलाई नियन्त्रणमा लिई कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।