https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ २३ गते ।
महाेत्तरी : पूवार्धार आयोजनाको मर्मत सम्भार सम्बन्धी कार्यविधि, २०८० तयारीका लागि महाेत्तरीकाे गाैशाला नगरपालिकासँग छलफल तथा अर्न्तक्रिया कार्यक्रम गरेको छ ।

जलवायु परिवर्तन प्रभाव न्युनिकरणका लागि स्थानीय पहल लिरिक परियोजनाकाे प्राविधिक सहयोगमा गाैशाला नगरपालिकाकाे आयोजनामा पुर्वाधार योजनाहरुकाे मर्मत सभार सम्बन्धि कार्यविधि तयारका लागि जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु तथा सम्बन्धित शाखाको प्रमुखहरु लगायत कर्मचारीहरुसँग छलफल गरिएको थियोे ।

कार्यविधि सम्बन्धी छ‌ल‌फल गरी उक्त कार्यविधिको ड्राफ्ट तयार गरि कार्यविधिलाई थप अध्ययन र छलफल गरी अन्तिम रूप प्रदान गर्न साथै स्वीकृतिका लागी आगामी कार्यपालिकाको बैठकमा पेश गर्नको लागीको पाँच सदस्य कार्यदल समेत गठन गरियो । जसमा संयोजकमा बद्री प्रसाद सिंह दनुवार, सदस्य : सन्तलाल महताे, अजय यादव, रंजित वर्मा र विपिन आचार्य रहेको छ ।

युराेपियन युनियन र अष्ट्रियन विकास नियाेगकाे आर्थिक सहायता, आड्रा नेपालकाे नेतृत्व तथा रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारीमा संचालित जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना संचालनमा छन् ।

युराेपियन युनियन र अष्ट्रियन विकास नियाेगकाे आर्थिक सहायता, आड्रा नेपालकाे नेतृत्व तथा रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारीमा धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका, महाेत्तरीकाे बर्दिवास, भंगाहा, औरही र गाैशाला नगरपालिकाहरुमा संचालित जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना चल्दै आईरहेकाे छ ।

लिरिक परियोजनाका साझेदार संस्था रुपान्तरणका जलवायु परिवर्तन तथा जीविकाेपार्जन विज्ञ : विराट पन्थ, प्रशिक्षक: बम बहादुर ओली उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट