https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो
राैतहट, जेष्ठ २३ गते ।
रौतहट गरुडाको बसबिट्टी जिगडियामा अपाङ्ग भवनको शिलान्यास गरिएको छ । जिल्लाको मध्यभाग तथा ब्यापारिक नगरी भनी चिनिने गरुडा नगरपालिकाको वार्ड नं.८ बसबिट्टी जिगडियामा एक कार्यक्रम बिच नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अपाङ्ग भवनको शिलान्यास गरिएको हाे ।

चुनाबी प्रतिबद्धता अनुसार नगर प्रमुख जैसवालले आफ्नो नगर स्तरीय बजेटबाट २० लाखको लागतमा चार कोठे भवनको शिलान्यास गर्नु भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको हक-हित र सेवा सुविधालाई मध्यनजर गर्दै श्रीचन प्रसाद शाहले अनुदानको १ कठ्ठा जग्गामा भवन निर्माणको निम्ती शिलान्यास गरिएको नगर प्रमुख जैसवालले बताउनु भयो ।

अपाङ्ग भवनको शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने हाम्रो समाजमा शारिरिक अशक्त भएका मानिसहरुलाई अपहेलित गर्ने गरिएका छन ।शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई हाम्रो समाजका मानिसहरुले कुदृष्टिले हेर्नेका गरेका छ भने उनिहरुलाई समाजले अपहेलित पनि गरिएको पाईएको छ । तर समाजको यो सोचबिचार, अपहेलित गर्ने बानी, कुदृष्टिले हेर्ने नजरलाई हामी घोरभत्सना गर्दछु । अपाङ्गता भएका मानिसहरुलाई सम्मान इज्जत र काम गर्ने अवसर दियो भने हामी जस्तो सबल योग्यता भएका मानिस जस्तै काम गरेर देखाउने बताउनु भयो ।

नगरमा रहेका धेरै अपाङ्ग ब्यक्तिहरुले भने हामी अपाङ्ग भएका मानिसहरुको चाहिने जग्गा रहेको भएपनी हामिहरुलाई कसैले रेखदेख गर्ने कोहि न भएको र हामि अपाङ्गलाई चाहिने सुख सुबिधाबाट बन्चित हुने अवस्थामा रहेका छौ । त्यस कारण उक्त जग्गामा भवन निर्माण गर्दिदा राज्यबाट पाउनु पर्ने सुखसुबिधा हामिलाई उपलब्ध हुने बारम्बारको आग्रह पछि अन्त्यमा सोचबिचार गरेर यो कार्य एकदम सराहनीय रहेकोले हामिले यो भवनको शिलान्यास गरेका बताउनु भयो ।

यस अपाङ्ग भवन निर्माण भएपछी अपाङ्गता भएका ब्यक्तिलाई थप टेवा पुग्ने बताउनु भयो । हाम्रो नगरमा भइरहेका विकास कार्यमा अपाङ्गता समावेशीकरणलाई थप बढवा दिनका लागि कृयाशील सस्थाहरु बिच र नगरकार्यपालिकाको बोड बैठकबाट सहकार्य गर्ने नगर प्रमुख जैसवालले बताउनु भयो ।

त्यति मात्र न भएर अपाङ्गताहरुमा जुन योग्य र सक्ष्म भएका ब्यक्ती छ भने पालिकाबाट काम गर्ने मौका पनि दिने बताउनु भयो ।हाम्रो नगरमा भएका अपाङ्गता भएका अशक्त, असहाय शारिरिक ब्यक्तिहरुको हकहितको लागि जस्तै गाँस, बास र कपासको ग्यारेन्टीको लागि हरसम्भव प्रयासरत रहने नगर प्रमुख जैसवालले बताउनु भयो । त्यस्तै कार्यक्रम्को सम्बोधन गर्दै नेपाल अपाङ्ग संघ रौतहट संस्थापक अध्यक्ष एवम राष्ट्रिय मधेशी अपाङ्ग महासंघको केन्द्रिय अध्यक्ष प्रेम नरायण झाले भने गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अपाङ्गहरुको लागि गरेको कार्य सराहनीय रहेको बताउनु भयो ।

उहाँले भन्नू भयो कि अपाङ्ग भवनको शिलान्यासले अब अपाङ्गहरुले पाउनु पर्ने हरेक सुखसुबिधा पाउने आशा जागेको बताउनु भयो । साथसाथै नगरमा रहेका अपाङ्ग ब्यक्तिहरुको लागि चाहिने ट्राईयल साईकल,ह्विल चेयर र बैशाखी आवश्यकता अनुसार प्रदान गरिने नगर प्रमुख जैसवालसंग आग्रह समेत गरेका थिए ।

त्यति मात्र नभएर अपाङ्गताहरुले पाउनु पर्ने बास्तबिकता अपाङ्गता परिचय कार्ड दिनु पर्ने लगायत अपाङ्ग ब्यक्तिहरुको उपचारको लागि चाहिने पैसा बनेपामा रहेको बनेपा अपाङ्ग हस्पिटलसंग सहकार्य गरि बिरामिलाई पैसा नदिई हस्पिटलमा जम्मा गर्न आग्रह गर्नु भएको थियो ।

साथै यो भवन निर्माण गर्न भएपछी प्रत्येक महिना बिरामिहरुको लागि स्वास्थ्य शिबिर राख्ने र चेकजाँच गर्ने लगायत नगरको लागि दुई वटा एम्बुलेन्स पनि चाडै ल्याउने पनि बताउनु भएको थियो ।

कार्यक्रममा जग्गा दाता त्रीयोगी नरायण साह, निरंजन साह, पुर्व गा.बि.स अध्यक्ष शम्भु गुप्ता, पुर्ववडाअध्यक्ष मसर आलम, नेकपा एमाले पार्टिका जिल्लासदस्य श्याम सहनी, समाजसेबी शेख बैदुलाह, शेख सनाहुदिन, शेख ठाकुर हाजी साहब, समाजसेबी रबिन्द्र यादव, ध्रुब साह, कौशर आलम, राजेश साह, दर्जनौ अपाङ्ग ब्यक्ती, बुद्धिजीवी, नागरिक समाज, प्रहरी प्रशासन लगायत सयकडौ मानिसहरुको सहभागिता रहेको थियो ।

शिलान्यास भवनको उपभोक्ता समितिको अध्यक्ष शेख सन्ताजको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल, विशिष्ट अतिथि नेकपा एमालेको मधेश प्रदेश सदस्य शेख कलिमुल्लाह रहनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार