अजय मिश्रा
कपिलवस्तु, जेष्ठ २४ गते ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो ।
कृष्णनगर नगरपालिका वडा नं. ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्रारिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेका छन ।
लामो समय वन क्षेत्रकै समाचारहरु कबरेज गर्दै बन विकासमा लागेका गुप्ता अबको अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिदै बन र बन्यजन्तुको संरक्षण लाग्ने बताउनु भयो ।
डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तु अन्तर्गत पर्ने शिवराज साझेदारी वनमा शिवराज नगरपालिका भित्रका वडा नं. २,५,६,७ र ८ पर्दछ भने कृष्णनगर नगरपालिकाको वडा नं. ५, ८ र ९ पर्दछ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल ५६ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।