https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो
रौतहट, जेष्ठ २४ गते ।
रौतहट जिल्लाको पोठियहिमा दुई कोठे भवनको शिलान्यास गरिएको हो । गरुडा नगरपालिकाको वडा नं.६ अन्तर्गत पर्ने पोठियाहि स्थित हरेको श्री प्राथमिक बिधालयमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रम बिच बुधबार दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख ५० हजारको लागतमा दुई कोठे भवन निर्माण हुन लागेको नगर प्रमुख जैसवालले जानकारी गराउनु भयो । नगर प्रमुख जैसवालले शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै भने यस भवन निर्माणले विधार्थीहरुलाई पठनपाठनमा थप मदत मिल्ने बताउनु भयो । घाम, पानि र चर्को गर्मिमा खुल्ला अकाशमुनि पठनपाठन गर्न निकै नै समस्या भईरहेको थियो ।

तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन निर्माणको लागी चालेको कदम एकदम सराहनिय रहेको बताउनु भयो । शिलान्यासपछि भवन निर्माणको काम छिट्टै अगाडी बढाइने नगर प्रमुख जैसवालले बताउनु भयो । मेयर जैसवालले भने कि निर्वाचित हुनु भन्दा अघि हाम्रो नगरबासि माझ बाचा गरेका थियौ कि निर्वाचित भएपछि नगरमा शिक्षामा बिशेष जोड दिएर सुधार ल्याउने प्रतिबद्धता जनाएका थियौं ।

सोहि चुनावी प्रतिबद्धता अनुरुप वहाँ निर्वाचित भए देखि नै आफ्नो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै र पढाईमा सुधार ल्याउदै आईरहनु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आईरहनु भएको छ । बिधालयको अवस्था अति नै नाजुक रहेको थियो । वहाँले भन्नु भयो बिधालयको छाना खत्म भएको थियो बिधार्थीहरुलाई बर्षातको समयमा सोहि जस्तापाता फुटेको ठाउँबाट चुहिएर बिधार्थीहरु पठनपाठन गर्न पनि समस्या भईरहेको थियो ।

दुई लाख रुपैँया बिधालयलाई प्रदान गरि नयाँ छाना लगाई घामपानीबाट सुरक्षा मिलेको नगर प्रमुख जैसवालले बताउनु भयो । साथसाथै पालिकाबाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्ध रहेको बताउनु भएको थियो । नगर प्रमुख जैसवालले आफ्नो मातहातमा रहेको प्रत्येक बिधालयको गुणस्तर शिक्षा प्रदान गरुन भनि लागी परेका छन । नगर प्रमुख जैसवालले यति खेर आफ्नो नगरको चौतर्फि बिकास तर्फ लागेका छन ।

नगर प्रमुख जैसवालले आफ्नो नगरमा भौतिक पुर्वाधार निमार्णकार्य, सडक ढलान, नाला निमार्ण, शुद्ध खानेपानि, शिक्षा लगायत विकास निर्माण कार्यतिर अग्रसर देखिएका छन । शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाको वार्ड नं.६ का वडाअध्यक्ष रामबाबु चौधरी, धालयका शिक्षक/शिक्षिका, समाजसेवी रबिन्द्र यादव, श्याम सहनी, बृजकिशोर सहनी गाउँका भद्रभलादमी बुद्धजिवी, नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार