https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नागेन्द्र शाह
गौशाला: गौशाला नगरपालिकाले ६ सय ३२ जना किसानलाई अनुदानमा खेतवारीमा औषधी छर्किने मेसिन वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमकाबिच ५० प्रतिशत अनुदान रकममा किसानहरुलाई मेसिन  वितरण गरिएको हो ।

औषधि छर्किने मेसिनलाई गौशाला नगरपालिकाले नगर भित्रमा किसानहरुको लागि प्याकेज ल्याएर किसानलाई खेतीपातीतर्फ आकर्षित गर्दै आएको नगरप्रमुख डा दिपेन्द्र महतोले बताए । नगरले किसानलाई लक्षित गर्दै खेतखेतमा पानीको बन्दोवस्त, विउ विजन, अनुदानमा मलखाद्य, बिउविजन, प्रदान गरेर नगर कृषिमैत्री बन्दै गएको नगरप्रमुख डा. महतोले जानकारी दिएका छन् ।

गौशाला नगरपालिकाले १ हजार ५ सय ५ रुपैया लिई किसानहरुलाई सो टंकी उपलब्ध गराएको नगर कृषि शाखा प्रमुख कमला पौडेलले जानकारी दिईन् । सो टंकी चार्जको साथै हातबाट पनि चलाउन मिल्ने किसिमको रहेको अधिकृत पौडेलले जानकारी दिईन् । एक पटक चार्ज गरीसकेपछि लगभग ५ घण्टासम्म चल्ने समेत बताईन ।

सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पूणर् बहादुर के.सी, लेखा अधिकृत संजीव बराल, विपिन आचार्य, अशोक कुमार महतो, अजय कुमार कुशवाहा, नवीन कुमार महतो, कमला पौडेल, संजय कुमार ठाकुर, संचारकर्मी तथा किसानहरुको सहभागीता रहको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार