
गौशाला: महोत्तरीको गौशाला नगरपालिका भित्र रहेको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारलाई १ सय करोड अर्थात १ अरबको लगानीमा गौशाला बजारलाई सौन्दर्यीकरण गर्नका लागि प्राराम्भिक कार्यको शुभाराम्भ भएको छ । वुधबार वजार क्षेत्रको ढल तथा नललाई अत्याधुनिक तरिकाले व्यवस्थित गर्नका लागि डिपीआर निर्माणको कार्यको आराम्भ भएको छ । डिपीआर गर्न झण्डै ६ महिना लाग्ने र डिपीआर भए लगतै लागत स्वीकृत गराई टेन्डर प्रक्रिया गई सोन्दर्यकरणको कामकाज अगाडी बढ्ने प्राविधिक टोलीले बताएको छ । गौशाला बजारलाई सौन्र्दयकरण गर्न दुई वर्ष भित्र ठेक्केदारले कामकाज सम्पन्न गरीसक्नु पर्ने बताए ।
खानेपानी तथा सरसफाई आयोजना पानीपोखरी काठमाण्डौ र गौशाला नगरपालिकाको कार्यालयको संयुक्त लगानीमा सो कार्य सम्पन्न हुने नगरप्रमुख डा दिपेन्द्र महतोले बताए । नगरप्रमुख महतोले दिएको जानकारी अनुसार ८५ प्रतिशत रकम आयोजनाले व्यहोर्नेछ भने १५ प्रतिशत रकम गौशाला नगरपालिकाको कार्यालयलाई लगानी गर्नुपर्ने भएको छ । डिपीआर तयार भईसकेपछि गौशाला बजार अत्याधुनिक शहरको रुपमा परिणत हुने गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुणर् वहादुर केसीले जानकारी दिए ।