गाैशाला : महोत्तरीको गौशाला नगरपालिकामा दादुरा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । आज दिउँसो गौशाला नगरपालिकाको सभाहौलमा एक दिने अभिमुखि करण कार्यक्रममा गौशाला नगरपालिकाको स्वास्थ्य कर्मचारीहरुले नगरपालिका भित्र देखापरेको दादुराका विरामीहरुलाई खोप लगाउन तथा खोजी कार्य अगाडी बढाई दादुरा मुक्त नगरपालिका बनाउन एक दिने अभिमुखि कार्यक्रम भएको छ ।
अभिमुखि कार्यक्रममा गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोले प्रदेश तथा केन्द्रले बजेट नदिए पनि स्थानीय सरकार आफैले बजेट व्यवस्थापन गरी समाजमा दादुरा रोग सम्बन्धि जनचेतना बढाई रोगलाई जरै देखी समाप्त पार्न अगाडी बढ्ने बताए ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख पुजा यादवले यसै महिनाको ४ गते देखी ८ गतेसम्म ६ महिना देखी १५ महिना मुनिका बालवालिकालाई सम्बन्धित विद्यालयका खोपकेन्द्रमा गई दादुरा सम्बन्धि खोप तथा भिटामिन ‘ए’ ट्याबलेट खुवाउन अनुरोध गरेकी छिन् साथै हाललाई नगरपालिकाको वडा नं. २, ३ र ५ मा खोप फाल्गुन ५ देखी ९ गतेसम्म संचालन भई सकेकोले यी तिन वटा वडामा खोप आवश्यक नरहेको यादवले बताईन् तर त्यस समयमा कोही वालबालिकालाई खोप लगाउन छुटेको भए गौशालाको प्रा.स्वा.केन्द्रमा गई खोप लगाउन जानकारी दिईन । दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ। एकजना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जानकारी दिईन ।
सो कार्यक्रममा न.पा. भित्र रहेका सामुदायिक विद्यालयहरुका प्र.अ., शिक्षक, शिक्षिकाहरुसंग वालबालिकाको सम्पर्क रहेको कारण सम्पूर्ण विद्यालयका प्र.अ.हरुलाई बोलाई दादुरा रोग सम्बन्धि एक दिने अभिमुखि कार्यक्रम गराएको स्वास्थ्य संयोजक मनोज कुमार सिंहले बताए । कार्यक्रममा जेष्ठनागरिक, संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।