https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

पवन प्रसाद साह
बिरगंज, असार ५ गते ।
जनता समाजवादी पार्टी (जसपा ) नेपाल पर्साले रिक्त रहेको पदहरु पुर्ति गर्दै जिल्ला समन्वय समिति(जिल्ला कार्यसमिति) लाई पूर्णता दिएको छ ।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको उपाध्यक्ष, कोषाध्यक्ष र उपसचिव पदमा नयाँ मनोनित गर्दै जिल्ला कार्यसमितिलाई पूर्णता दिएको हो ।

जसअनुसार जिल्ला उपाध्यक्षमा अजय चौरसिया, नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह, उपसचिवमा सुशील साह कानु, नूर आलम अन्सारी र सुनिल कुशवाहा तथा कोषाध्यक्षमा शर्मिला विष्टलाई मनोनित गरिएको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए । यस्तै रिक्त रहेका २० सदस्य पदमा पनि विभिन्न पालिकाबाट पार्टीका नेताहरुलाई मनोनित गरिएको उनले बताए ।

रिक्त रहेका पदाधिकारी र सदस्यहरुमा मनोनित गरि ९७ सदस्यिय जिल्ला कार्यसमिति पुर्नगठित गरिएको अहमदले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार