https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असार ८ गते ।
पर्सा जिल्लाकाे बिरगंज महानगरपालिका कार्यलयको आर्थिक सहयोग तथा ग्लोबल फाउन्डेसन नेपाल प्रा.लि. को आयोजनामा जेष्ठ ११ गतेदेखि संचालन भइ असार ८ गतेसम्म चलेको आदिवासी जनजाती तथा पिछडा वर्गहरुको सिपमुलक डल तथा कुशन बनाउने तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । बिरगंज महानगरपालिका वडा नं २ मा संचालन भएको उक्त कार्यक्रम समापन गरिएको हाे ।

डल तथा कुशन बनाउने तालिमको समापन कार्यक्रममा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रुपमा रहेका थिए । उनलाई दोसला ओढाइ सम्मान गरिएको थियो भने उप-प्रमुखको हातबाट तालिम प्राप्त कर्तालाई प्रमाणपत्र वितरण समेत गराइएको थियो ।

उक्त तालिमकाे समापन गर्दै महानगरका उप-प्रमुख आलमले नेपालमा पुरुषको तुलनामा महिलाहरु कम शिक्षित छन् । अभिभावकहरू छोरीको पठनपाठन भन्दा छोराको पठनपाठनलाई बढी महत्व दिन्छन् । अशिक्षाको कारणबाट आर्थिक, राजनैतिक, सामाजिक आदि क्षेत्रमा सहभागिता हुन सकिरहेका छैनन् यस्ता तालिमले महिलाहरुमा आत्म विश्वास जगाउने तथा सीप सिकेर रोजगार हुने उनले बताए ।

बिरगंज महानगरपालिका पर्साको सहयोग तथा ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि.को आयोजनामा एक महिनासम्म चलेको डल तथा कुशन बनाउने तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम समापन कार्यक्रम ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि.को अध्यक्ष अवधेश प्रसाद साहको सभापतित्व तथा विशिष्ट अतिथिका बिरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया, महानगरपालिकाका सामजिक विकास महाशाखाका प्रमुख राजिव गिरी, अतिथि, महानगरपालिकाका वडा नं २ का वडा सदस्य बसिर मिया, संगीत थापा, रम्भा देबी, वडा सचिव आशिक शेख, नेपाली कांग्रेसका नेता धर्मराज यादव, महानगरपालिका का उप-प्रमुखका स्वकीय सचिव शेष हजरा, संचारकर्मी राहुल गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार