https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाण्डौँ, असार ११ गते ।  
कञ्चनपुरको परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले नर्सदेखि सेनाका उच्च अधिकृतलाई समेत ठगी गरेको खुलेको छ। त्यति मात्र होइन, उनको फन्दामा अधिवक्ता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसमेत परेका छन। प्रहरीका अनुसार उनले ललितपुर झम्सीखेलमा छाला रोगसम्बन्धी क्लिनिक चलाउने नर्ससँग ७८ लाख रुपैयाँ ठगी गरेका थिए ।

युवतीलाई जैसीले प्रेमजालमा फसाएका थिए। करिब १८ महिना प्रेमको नाटक गरेका उनले युवतीकै आर्थिक सहयोगमा ४० लाख रुपैयाँको कार खरिद गरेका थिए। बाँकी ३८ लाख रुपैयाँ भने उनले घर खर्च भन्दै लिएका थिए। जैसीको गफमा परेकी युवती विवाह गर्ने मनस्थितिमा पुगेकी थिइन। गत १८ वैशाखमा दुईबीच विवाहको मिति तय भएको थियो। परिवारका सदस्यसँग भेट भएपछि मात्रै जैसी चिकित्सक नभएको खुलेको थियो ।

प्रहरीका अनुसार जैसीले नेपाली सेनामा कार्यरत प्रमुख सेनानी (कर्नेल)की श्रीमतीलाई पनि त्यसै गरी ठगेका थिए। उनले कर्नेलकी श्रीमतीसँग एक करोड २५ लाख रुपैयाँ लिएका थिए। उनीसँग जग्गाको कारोबार गर्ने भन्दै रकम असुल गरेका थिए। त्यसपछि उनी बेपत्ता भएका थिए । जैसीले विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसँग २५ तोला सुन ठगी गरेका छन। त्यस्तै, उनले एक परिचित अधिवक्तालाई पनि ठग्न भ्याएको खुलेको छ ।

घरमा आमाको उपचार गर्न भन्दै उनले अधिवक्तासँग साढे दुई लाख रुपैयाँ फुत्काएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। अध्यागमन कार्यालयका कर्मचारीबाहेक ठगी परेका तीनैजना पीडितले जैसीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंका जाहेरी दिएका छन्। जैसीलाई पक्राउ गरेर डिएसपी भरत शाहको नेतृत्वमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरी भन्छ– पाइलैपिच्छे ठगी काठमाडौं परिसरका प्रवक्ता एसपी सीताराम रिजालले चिकित्सकको आवरणमा जैसीले नर्सदेखि अधिवक्तासम्मलाई ठगी गरेको बताए । ‘एकजना नक्कली चिकित्सक पक्राउ परेका छन्। उनले नर्सदेखि अधिवक्तालाई समेत ठगेको अनुसन्धानबाट खुलेको छ। उनले नेपाली सेनामा कार्यरत एक उच्च अधिकृतकी श्रीमतीलाई पनि ठगेको अनुसन्धानबाट खुलेको छ,’ एसपी रिजालले नयाँ पत्रिकासँग भने, ‘त्यसबाहेक अन्यलाई पनि ठगेका गुनासो हामी कहाँ आएको छ । तर, उनीहरूको जाहेरी भने आइसकेको छैन ।’ 

प्रहरीका अनुसार जैसीले ठगी गर्न नेपाल मेडिकल कलेज नेपालगन्जको लोगोअंकित विशेष कार्ड बनाएका थिए। डिजिटल कार्डमा उनको फोटो छ। फोटोको ठीक तल कार्ड नंं. २१५ लेखिएको छ। कार्डको पुछारमा ‘गाइनोकोलोजिस्ट’ उल्लेख छ। सोही कार्ड प्रयोग गरी उनले आफूलाई ‘गाइनोकोलोजिस्ट’ र वीर अस्पतालको १२औँ तहमा कार्यरत चिकित्सक बताउने गरेका थिए ।

प्रहरीका अनुसार उनले आफू थापाथलीस्थित नर्भिक अस्पतालको ‘भिजिटर’ चिकित्सकसमेत रहेको भनी गफ दिने गरेका थिए। विश्वास दिलाउन उनले चिकित्सकले प्रयोग गर्ने सेतो एप्रोन र स्टेथोस्कोप भिर्न बिर्संदैन थिए। सामाजिक सञ्जालमा पनि उनले एप्रोन र स्टेथोस्कोप लगाएका फोटो राख्ने गरेका थिए ।

आइएस्सी (इन्टरमिडियट इन साइन्स)सम्म अध्ययन गरेका उनले भेट हुने नर्स तथा चिकित्सिकसँग ‘मेडिकल टर्मिनोलोजी’ प्रयोग गर्दै राम्रैसँग गफ दिने गरेका थिए। विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकको नामावली पनि उनी फटाफट बताइदिन्थे। जसमध्ये केहीलाई उनी आफूभन्दा ‘सिनियर’ भन्थे भने अधिकांशलाई ‘जुनियर’ भएको बताउँथे ।

विर अस्पतालको लोगो र सरकारी नम्बर प्लटको दुरुपयोग
आफू वीर अस्पतालमा कार्यरत रहेको विश्वास दिलाउन उनले अस्पतालको लोगोअंकित कार्ड बनाएका थिए। कार्ड झुन्ड्याउन वीर अस्पताल लेखिएको फित्ता प्रयोग गर्ने गरेका थिए भने भिजिटिङ कार्ड पनि बनाएका थिए। कार्डमा वीर अस्पतालको लोगो अंकित थियो। प्रहरीले अनुसन्धानका क्रममा उनले सरकारी नम्बर प्लेटको गाडी चढ्ने गरेको पाएको छ। प्रहरीका अनुसार संगतमा आउने अन्यलाई पनि उनले सोही गाडीमा सँगै ल्याउने र वीर अस्पतालको गेटसम्म पु¥याएर बाहिर छाड्ने गरेका थिए।

त्यसपछि उनी सोही गाडीमा अस्पतालको पार्किङमा जाने गरेका थिए। प्रहरीका अनुसार उनले प्रेमजालमा पारेकी युवतीलाई समेत धेरैपटक सरकारी नम्बर प्लेटको गाडीमा ल्याएर वीर अस्पतालको गेटमा छाडेका थिए। प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रिजालले भने, ‘चिकित्सक भएको भन्दै युवतीलाई प्रेमजालमा फसाएको देखिन्छ। उनकै जाहेरीपछि जैसीलाई पक्राउ गरिएको हो। त्यसपछि उनको थप कर्तुत खुलेका हुन ।’

पुण्यप्रसादबाट  यसरी भए मातृकाप्रसाद
कञ्चनपुरका जैसी धनगढीमा आइएस्सी अध्ययन गर्दै थिए। त्यही क्रममा उनले दुई युवतीलाई प्रेमजालमा पारे। दुवैलाई विवाह गर्ने प्रलोभन दिएका थिए। तर, पछि उनको पोल खुल्यो । दुवैतर्फको तनावपछि उनको दिमागमा आइडिया फु¥यो– दुवै युवतीलाई सफाया गर्ने। उनले दुवै युवतीसँग फरक–फरक ठाउँमा भेट गरे र एकैपटक आत्महत्या गर्ने भन्दै ‘कन्भिन्स’ गरे। युवतीहरू जैसीको प्रस्तावमा ‘कन्भिन्स’ भए। उनले दुवैलाई एकै ठाउँ जम्मा गरे ।

तीनवटा गिलासमा पानी भरे। उनीहरूले थाहा नपाउने गरी दुईवटामा विष हाले। विष भएको गिलास युवतीलाई दिए र विष नभएको आफैँले राखे। तीनैजनाले एकैपटक पानी पिए। विष भएको पानी पिएका दुवै युवतीको मृत्यु भयो। उनलाई केही भएन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेपछि जैसी पक्राउ परे। २४ मा २०७० मा जिल्ला अदालत कैलालीले उनलाई ६ वर्ष कैद सजायको फैसला ग¥यो। त्यसवेला उनको नाम पुण्यप्रसाद जैसी थियो ।

बुबाको नाम बलराम जैसी थियो। उनी जब जेलबाट निस्किए, उनले आफ्नो परिचय बदले। र, मातृकाप्रसाद जैसी भए। परिचय बदल्न उनले नागरिकतासमेत दुईवटा बनाएको प्रहरीले आशंका गरेको छ। प्रहरीले यस सम्बन्धमा पनि अनुसन्धान गरिरहेको छ। घटना अनुसन्धानकै चरणमा रहेको हुँदा यस विषयमा प्रहरीले थप विवरण खुलाउन चाहेको छैन । स्रोत : नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार