गौशाला, असार १५ गते ।
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे लागि ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार गौशाला नगरपालिकाले आयोजना गरेको १० औं नगरसभाबाट ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित बजेट सार्वजानिक गरेको हो ।

योजना, तर्जुमा तथा निती कार्यक्रम नगरपालिकाको तर्फबाट नगर प्रमुख डा. दिपेन्द्र महतोले आयव्यय प्रस्तृत गरेका थिए । जसमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ६६ लाख, संघीय राजस्व बाडँफार्ड तर्फ १४ करोड ४७ लाख १९ हजार संघीय सर्शत तर्फ २८ करोड ४७ लाख, संघीय विशेष र समपूरक अनुदान ४ करोड ४० लाख, प्रदेश सरकारको अनुदान तर्फ वित्तीय समानिकरण अनुदान १ करोड ३४ लाख २६ हजार विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख राजस्व बाँडफाँडतर्फ १ करोड ७५ लाख, आन्तरिक आय तर्फ ४ करोड ६६ लाख ७५ हजार, अल्या रकम १५ करोड, आन्तरिक राजस्व बाँडफाँडतर्फ ४ करोड गरी कुल रकम रु. ९० करोड ७६ लाख २० हजारको अनुमानित बजेट डा. महताेले सार्वजनिक गरेका छन् ।
स्थानियपालिकाले अनिवार्य रुपमा शिक्षा र कृषिमा जोड दिए मधेश प्रदेशको समृद्धि सम्भवन रहने जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । शुक्रवार गौशाला नगरपालिकाको १० औं नगरसभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष यादवले पालिकाले ल्याउने वार्षिक योजना तथा नितिमा शिक्षा र कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पुर्वमन्त्री हरिनारायण यादव, मधेस प्रदेशका पुर्व मन्त्री सुरिता शाह, जसपाका विभिन्न पंक्तिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु लगायत सर्व साधारणहरुकाे उपस्थित रहेको थियो ।





