https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे सम्सीमा १ लाख २५ हजार घुस रकम सहित लेखापाल र कार्यालय सहयोगी पक्राउ परेको छ । सम्सी गाउँपलिकामा १ लाख २५ हजार घुस रकम सहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेकाे हाे ।

 
बुधबार दिउँसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले रंगेहात नियन्त्रणमा लिएकाे छ ।

उक्त पालिकाकाे लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।

सम्सी गाउँपालिकाको वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार