
चन्दन कुमार महतो
राैतहट : सात महिना पहिला रौतहटको प्रादेशिक अस्पताल लाई रेफर अस्पतालको नामले जान्ने गर्थियो तर आजको दिनमा धेरै सुधार भएकोमा रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरको पुरानो टिकट काउन्टरमा एउटा टिकट काउन्टर भएकोले धेरै भिडभाड हुनेगर्थ्यो त्यसैले आज जसपा मधेश प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी र प्रादेशिक अस्पताल गौरको नि. प्र. मे. सु. डाक्टर मुरारी ठाकुरको कार्याकालमा चार वटा टिकट काउन्टर भएको कोठाको समुदघाटन हाशमीले गरेको छ ।
साथै रौतहटको सदरमुकाम गौरको सबभन्दा पूरानो अस्पतालको रेफर अस्पाल भने शब्दबाट चिनिनेलाई प्रादेशिक गौर अस्पतालमा आएका विरामीहरुको ठूलो संख्याले सावित गरिसके र उक्त कार्यले पहिचान दिलाउने काम अध्यक्ष अनवर हाशमीले गरेको सेवाग्राहीहरुले बताउँछन् । २०७४ स्थानीय आम निर्वाचन पश्चात् अघि रौतहटको सदरमुकाम गौर स्थित रहेको जिल्ला गौर अस्पताल रहेको नामबाट चिरपर्चित अस्पताललाई रेफर अस्पताल भन्ने चिनिने गरिन्थ्यो तर प्रादेशिक अस्पताल गौरलाई पून रेफर अस्पतालबाट जोगाउन लागि परेको अध्यक्ष हाशमीले बताए ।
सो उद्घाटन कार्यक्रममा सहभागी प्रादेशिक अस्पताल गौरको मे.सु डाक्टर मुरारी ठाकुर, ईमरजेन्सी ईन्चार्ज राजेश कुमार सिंह, लेखापाल जितेन्द्र यादव, प्रशासन प्रमुख रामअश्रेै मुखिया, प्रादेशिक अस्पताल गौरको सदस्य ललन यादव, लगायत प्रादेशिक अस्पताल गौरको स्टाफ हरुको उपस्थितिमा उदघाटन कार्यक्रम भब्य रुपले सम्पन्न भयो ।