https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


ढल्केवर, धनुषा

ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले अवैध उत्खनन गरिरहेका तीन वटा टिपर र एउटा स्काइभेटर नियन्त्रणमा लिएको छ ।

जिल्लाको मिथिला नगरपालिका–१ बाट मापदण्डविपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा शनिबार राती उक्त टिपर तथा स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले नम्बरी जग्गामा उत्खनन गरिरहेको भएपनि उत्खननसम्बन्धी अनुमति नभएको तथा निकै गहिरासम्म खाडल खनेकाले ना १ क ६८५९, प्रदेश–२–०३–००१ ख ६७८२ र प्रदेश–२–०३–००१ ख ००१९ नम्बर टिपर तथा नम्बर नखुलेको एउटा स्काइभेटर नियन्त्रणमा लिएको बताए ।

नियन्त्रणमा लिइएका टिपर तथा स्काइभेटर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला समन्वय समिति धनुषा पठाउने प्रहरीले उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार