
सिरहा,२५ असार_सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादब चढने गाडी प्रहरिले नियन्त्रणमा लिएको छ।
नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन आईतवार जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका प्रमुखले बाटोमा दुर्व्यवहार गरेको भन्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिएका थिए । आनोदोलनकारिहरुले मेयर यादब चडने गाडि न-५२१ नम्बरको सेतो पलेट प्रहरीले नियन्त्रणमा लिनु पर्छ दोषिमाथी कार्वाही गर्नु पर्ने माग राखेका थिए ।प्रहरीले मिर्चैयाको सगरमाथा स्कुलमा लुकाइ-छिपाइ राखिएको गाडी नियन्त्रणमा लिएपछि पुर्वपस्चिम अबरुद्ध भएको राज्मार्ग खोलिएका थिए ।

यता, नियन्त्रणमा लिएको गाडी लाई अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यलय मिर्चैयाले लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी रबिन्द्रराज पान्डेले बताएका छ्न ।