
महाेत्तरीकाे गौशाला नगरपालिका वडा नं. ४ मा जनमत पार्टीका नयाँ कमिटी गठन गरेको छ । शुक्रबार गौशाला नगरपालिका वडा नं ४ मा वडा विस्तार कार्यक्रम अन्तर्गत रामबाबू महतोकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको हाे ।

जसमा उपाध्यक्षमा सुभगिया देवी, कमल ठाकुर, काेषाध्यक्षमा गरीब गोसाई, सचिवमा नरेश सिंह, सदस्यमा महन्थी देवी महतो, पचिया देवी सदा, विन्देश्वर बछार, इन्दल मुखिया, देवन साह, कुशमी देवी महरा, फेकन पासवान लगायत १२ सदस्य तदर्थ समिति गठन गरेका छन् ।
नगर कार्य समितिकाे सदस्य इन्दल कुमार राउतको अध्यक्षतामा, प्रवेक्षक श्री सरोज साह, संजय साह, सुरेन्द्र भण्डारीको प्रमुख अतिथिमा १२ सदस्य समिति गठन गरिएको नगर सदस्य इन्दल कुमार राउतले जानकारी दिए ।






