
महाेत्तरीकाे गौशाला नगरपालिका वडा नं. ५ मा जनमत पार्टीका नयाँ कमिटी गठन गरेको छ । शनिबार गौशाला नगरपालिका वडा नं ५ मा वडा विस्तार कार्यक्रम अन्तर्गत दिलिप कुमार सिंहकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको हाे ।

जसमा उपाध्यक्षमा कविता देवी शाह, इस्लाम अंसारी, काेषाध्यक्षमा माया देवी, सचिवमा अजय पासवान, सह-सचिव सुबाेध गुप्ता, सदस्यमा श्याम प्रसाद सिंह, इनुस साह फकिर, जुवैदा खातुन, नगिना दास, कुशम खातुन, भगत बहादुर लगायत १२ सदस्य तदर्थ समिति गठन गरेका छन् ।

गौशाला नगरपालिका जनमत पार्टी वडा नं ५ को वडा विस्तार अन्तर्गत पार्टीका नगर अध्यक्ष जोगिन्दर साहको अध्यक्षता र प्रवेक्षक श्री सरोज साह, संजय साह, सुरेन्द्र भण्डारीको प्रमुख अतिथिमा १२ सदस्य तदर्थ समिति गठन गरेको नगर सदस्य इन्दल कुमार राउतले जानकारी दिए ।
