https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा 
सर्लाही, असार ३० गते ।
सर्लाहीको २० वटै स्थानिय तहहरु मध्ये एक मात्र हरिपूर्वा नगरपालिकाले असार मसान्तभित्र नगरसभा गर्न सकेनन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमानित सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने छ’ भन्ने उल्लेख छ । तर सर्लाहीको हरिपुर्वा नगरपालिकामा ३ महिनाको तालाबन्दी पछि असार १० गते मात्र पलिकाको ताल्चा खोलिएकोले समयमै आर्थिक वर्ष २०८०।०८१ को बजेट ल्याउन सकिएन ।

विगत चार महिनाको लामो विवाद तथा तालाबन्दी पछि संचालनमा आएको हरिपूर्वा नगरपालिकामा शर्सत अनुदानको ९० प्रतिशत भन्दा बढि बजेट फ्रिज भएको छ । पालिका तर्फको बजेटमा पनि समाजिक सुरक्षा भत्ता, कर्मचारी तलब, प्रशासनिक खर्च तथा कार्यालय व्यवस्थापन बाहेक कुनै पनि बजेट चल्न सकेको छैन ।

आर्थिक वर्ष २०७९।०८० विवादै विवादमा समाप्त भए संगै आ.व. २०८०।०८१ पनि विवादैमा बित्ने सकेंतहरु देखा पर्न थालेको छ । नया चालु आर्थिक वर्षमा नगरप्रमुख बिनोद कुमार साहले एकलौटी बजेट चलाउने खोजि रहेको कारण हामी नगरसभा गराउन असर्मथ रहेको वडा नम्बर ६  काे अध्यक्ष: राम सोगारथ रायले बताए ।

संघर्ष समितीको ९ बुदें माग सहित आ. व. २०७९।०८० मा वडाको लागी छुटियाइको बजेट जतिको रकम  यस वर्ष पनि वडाको लागी पठाएमा मात्र हामी नगरसभामा जाने बताए । नगरप्रमुख साहले नगर स्तरियको नाममा बजेट राखेर एकलौटी संचालन गर्न लागेको र बिकास निर्माणको नाममा कार्यकर्ता खुशि पार्ने योजनामा बढि जोड दिएको कारण हरिपूर्वा नगरपालिकाको भविष्य खराब भईरहेको वडाध्यक्ष रायले बताए ।

यस विषयमा वडा नम्बर ८ को लोसपाबाट निर्वाचित वडाध्यक्ष रामेश्वर अधिकारीका अनुसार आर्थिक वर्ष २०८०।०८१ मा हरिपूर्वा नगरपालिकाको ठोस तथा दिर्घकालिन विकासमा बजेट छुटियाइ बाँकि रहेको रकमबाट वडा स्तरीय योजनामा पठाउने कुरा असार २६ गतेको कार्यपालिका बैठकमा भएको तर जसपाबाट निर्वाचित वडाध्यक्षहरुले नमानेको कारण नगर सभा समयमै गराउन नसकिएको बताए ।

यस विषयमा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्राको अनुसार हरिपूर्वा नगरपालिका सर्लाहीको पिछडिएको क्षेत्रमा देखिएको छ । हरिपूर्वा नगरपालिकामा सबै भन्दा अगाडी सिचाइको लागी विद्युतिकरण जरुरी छ । त्यस्तै हरिपूर्वा नगरपालिका २ मा रहेको १५ सैयको अस्पताल अल्पत्र अवस्थामा रहेको कारण त्यस क्षेत्रमा लगानी जरुरी छ । त्यहि भएर असार २५ गतेको कार्यपालिका बैठकमा यि विषयहरुमा बजेट छुटयाई बाँकि रहेको बजेटबाट वडा तथा कार्यपालिका सदस्यको लागी बजेट पठाइने कुरा भएको र अहिले पनि छलफल भइरहेको बताए । समयमै नगरसभा नभएपछि यसपटक पनि जनता निरास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट