सर्लाही : पंकज कुमार महराको संयोजकत्वमा संवाद फाउण्डेशन सर्लाही जिल्ला समिति गठन गरिएको छ । फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सर्लाही कार्यसमिति बिस्तार गरेको हो ।
महराको संयोजकत्वमा गठीत सर्लाही जिल्लाको सह-संयोजकको जिम्मेवारी सुनिल यादव र शिव शंकर साहले दिएका छन् भन्ने सदस्य सचिवमा जय प्रकाश यादव, सदस्यहरुमा विवेक चौघरी, सरोज यादव, रितेश यादव, मुकेश साह, रुपेश यादव, उमेश राउत, राहुल यादव, रुपेश यादव, राजु सहनी, रुपेश यादव, कपिल ठाकुर, विक्रम यादव, विपुल कुशवाहा, समिर महतो, विभा मन्डल, काजल साह, सुबेखा महतो, राजेश मुखिया लगायत रहेका छन् ।
नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपमान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
सर्लाही जिल्लाको कार्यसमितिका सदस्यहरुले आ-आफ्नो उत्तरदायीत्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । साथै आफूहरुलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पूरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिबद्धता जनाए ।