
सरोज कुमार यादव
सर्लाही : जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका एक सहायक ट्राफिक प्रहरी हवल्दारले चेकिङको नाममा असुली धन्दा मच्चाएका छन । चेकिङका नाममा ट्रक, म्याजिक, अटोरिक्सा र ट्याक्टर चालकहरुबाट असुली धन्दा मच्चाउने काम भइरहेको गुनासो चालकहरु गर्छन ।पूर्व – पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका नवलपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयकै अगाडी ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिद नै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको छ ।
राती र दिउँसोको समयमामा अनावश्यक चेकजाँच गरेर असुली धन्दा मच्चाइरहेको पाइएको छ । सहायक हवलदार रोशन नाथले चेकिङको नाममा दु:ख दिने पैसा असुल्ने गरेको चालकहरु बताउँछन्।हबल्दार रोशन नाथ र शिब काफ्ले ट्राफिक प्रमूख मैनालीका विश्वास पात्रको रुपमा रहेका छन् । जिल्ला भित्रका प्रत्येक ट्राफिक यूनिटबाट कमिसन उठाएर ट्राफिक प्रहरी निरिक्षक लेखनाथ मैनालीलाइे बुझाउँने गरेको यातायात व्यावसायीहरु बताउँछन् । जिल्लाका यातायात व्यावसायीहरुसंग महीनावारी असुल्ने गरेको पाइएको छ। काफ्ले र नाथ मैनालीका विश्वास पात्रको रुपमा रहेका छन् । तर ट्राफिक प्रहरीले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कारवाही गर्ने प्रहरी निरिक्षक मैनालीले बताए । कमिसन बढी दिनेलाइ बढि कमाई हुने पोस्टमा पठाउने र कमिसन कम दिनेलाई कम कमाई हुने पोस्टमा पठाउने गरेको पाइएको छ ।
ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:ख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको चालक रामवृक्ष महतोले आरोप लगाए । उनले भने, ‘महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु:ख दिने मनसायले गाडीलाइ घण्टौ सडकमा रोकिदिन्छन् ।’
उनीहरुको असुली धन्दा देखेर सर्वसाधरण समेत हैरान छन् । रातीको समयमा मापसे नाममा समेत उनीहरुले असुली गरिरहेको चालकहरुको भनाई छ । बेला न कुबेलाको अनावश्यक चेकजाँचका कारण सास्ती खेप्नु परेको उनीहरु बताउँछन् । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेक पोष्टको असुली धन्दा बारे प्रमुख लेखनाथ मैनाली भने बेखवर बनेका छन् । स्रोत : धडकन एफएम