https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सिरहा : लम्पी स्किन सङ्क्रमित किसानका गाईवस्तुलाई सिरहाको लहान नगरपालिकाले निःशुल्क उपचार गर्न थालेको छ । नगरपालिकाको पशु विकास शाखाले  वडा ११ बाट उपचार सुरु गरेको हो । 

जम्मा २४ वडाका लागि तीन वटा टीम बनाई परिचालित गरिएको पशु विकास शाखा प्रमुख रामकृष्ण यादवले जानकारी दिनुभयो । ‘हाम्रो प्राविधिक टोलीले आवश्यक औषधिसहित पशु पालक किसानको घरघरमै पुगेर सङ्क्रमित गाईवस्तुको उपचार थालेको छ’, यादवले भन्नुभयो, ‘सङ्क्रमित रोग नियन्त्रण गर्न जैविक सुरक्षा विधि अपनाए ७० प्रतिशत कम गर्न सकिन्छ । यसका लागि किसानले सङ्क्रमित पशुलाई छुट्टै राख्नुपर्छ । दिनहुँ गोठ सफा गर्नुपर्छ । आहार एकै ठाउँमा खुवाउन रोक्नुपर्छ । रोग सङ्क्रमण धेरै हदसम्म रोकिन्छ ।’

 लम्पी स्किनको छुट्टै औषधि नभएको अवस्थामा लक्षण अनुसारको औषधि दिएर उपचार थालेको यदवले जानकारी दिनुभयो । टोलटोलमा गाईवस्तुमा लम्पी स्किन रोगको सङ्क्रमण देखा पर्न थालेपछि तत्कालै औषधि खरिद उपचार अगाडि बढाइएको हो । हालसम्म लहान नगरपालिकामा मात्र करिब ७० गाईवस्तु मरिसकेको र कूल सात हजारभन्दा बढी गाईवस्तुमा यो रोगको समस्या देखापरेको शाखा प्रमुख यादवले सुनाउनुभयो । 

‘अहिले तत्कालै पशु विकास समितिको निर्णयअनुसार छ लाख बराबरको औषधि खरिद गरी गाउँगाउँमा टोली पठाएका छौँ’, पशु विकास समितिका अध्यक्ष तेजनारायण चौधरीले भन्नुभयो, ‘आवश्यक परेको अवस्थामा अरु थप अपुग औषधि खरिद गरी उपचार गर्छौं ।’ अहिले एक हजार पशुलाई उपचार गर्ने योजना बनाएर अगाडि बढेको उहाँले बताउनुभयो । स्रोत : लोकसंवाद

प्रतिक्रिया

सम्बन्धित समाचार