https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) २९ वर्षीय वसन्त साहको मृत्यु भएको  छ ।

सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी साहको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार