प्रदिप कुमार दास
राैतहट, साउन १० गते ।
रौतहटको बौधीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती तालिम सम्पन्न भएको छ ।
बुधबार माण्डवी रौतहटको आयोजना तथा IFES को सहकार्यमा सँचालित रौतहट जिल्ला अन्तर्गत बौधीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्याहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने समभावित परिणामहरुको बारेमा छलफल, वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्व फाईदाहरु बारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक, साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीएको थियो ।
कार्यक्रम अन्तर्गत बौधीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो ।
महिलाहरूलाई लैङ्गिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि, प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ ।
मध्यवर्ती तालिममा बौधीमाई नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादवको समेत उपस्थिति रहेको थियो ।