https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक भारतीयलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको ५७ दिनपछि प्रहरीले लुटेरा समूहको एक जनालाई पक्राउ गर्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता दिलिपकुमार गिरीले बैंक लुट्ने भारत, बिहार राज्यअन्तर्गत पर्ने मधुबनी जिल्ला फुलहर गाउँ गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले महोत्तरीको मटिहानी-८ बाट पक्राउ गरेको जानकारी दिए ।

नकाबधारी ४/५ जना लुटेराको समूहले बैंकमा पेस्तोल देखाएर १५ लाख १ हजार ४ सय ९३ नगद र कर्मचारीको मोबाइलसमेत लुटेर फरार भएका थिए ।

उनीहरु नम्बर नखुलेको दुई वटा मोटरसाइकल चढेर भागेका थिए।पक्राउ परेका अजय कुमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

लुटमा संलग्न अन्यको पहिचान भई सकेको र उनीहरुको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकीबाट सात सय मिटर दूरीमा रहेको एनएमबी बैंक लुटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट