https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, साउन १३ गते । 
महाेत्तरीकाे साेनमा गाउँपालिका वडा नं ५ खैरबनीमा पाेखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्युु भएको छ।मृत्यु हुनेमा सर्लाहीको गाेरईता नगरपालिका वडा ९ बस्ने महेश मलिक डाेमकाे ४ वर्षीया छाेरी चंचला कुमारी मलिक डाेम र भारतकाे विहार राज्यकाे जिल्ला सितामाढीं रामनगर पन पाखर  ग्रामकाे रामभजन मलिक डाेमकाे ५ वर्षीया छाेरी अर्चना कुमारी मलि डाेम रहेको छ ।

दुबै बालिकाकाे पाेखरीमा एकै चाेटी डुबेर  मृत्युु भएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक मनाेज यादवले जानकारी दिए।अर्चना र चंचला दुबै आमाको साथमा मामा गाउँ  खैरबनीमा गेरुका मेला हेर्न आएका थिए । दुबै बालिका शनिबार दिउँसाे १ बजे देखि ४ बजे सम्म सम्पर्क बिहिन भएपछि खाेज तलास सुरू गरिएको थियो ।

खाेजतलासकाे क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवकाे पाेखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकाे हाे। दुबै बालिका नुहाउने क्रममा पानी मुनि हिलोमा फसेर डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट